मानुषी लघुवित्तमा जागिरको अवसर, एसईईमा `सी´ ल्याउनेले पनि आवेदन दिन मिल्ने (सूचनासहित)

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले एक जना सुपरभाइजर (लेखा तथा वित्त विभाग), तीन जना सुपरभाइजर बरिष्ठ सहायक (शाखा प्रमुख), सात जना कनिष्ठ सहायक र केही सङ्ख्यामा कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदका  लागि कर्मचारी माग गरेको हो ।

सुपरभाइजर पदका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने कनिष्ठ सहायक पदका लागि एसएलसीमा थर्ड डिभिजन वा एसईईमा सी ग्रेड ल्याउनेले समेत आवेदन दिन मिल्नेगरी लघुवित्तले जागिर खुलाएको छ । १८ वर्ष देखि ३५ वर्ष उमेर समूहका जो कोहीले सो जागिरमा आवेदन दिन सक्नेछन् ।

ग्रामीण क्षेत्रको फिल्डमा गई काम गर्नुपर्ने हुनाले काम भने सजिलो नभएको बुझिएको छ । 

उक्त पदमा जागिर खान इच्छुक तथा योग्यता पुगेका नागरिकले मङ्सिर १० गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन लघुवित्तको वेबसाइट मार्फत दिन सकिनेछ ।

यस्तो छ सुचना :

 

Source : https://arthasarokar.com/2024/11/job-opportunity-in-manushi-microfinance-candidates-with-c-in-see-can-also-apply-with-notification.html



Related Posts